लोक स्टारका बिजेता शनी विश्वकर्माको ‘झुम्का झलक्कै’ बजारमा (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझी र लोक स्टारका बिजेता शनी विश्वकर्माको स्वरमा सजिएको ‘झुम्का झलक्कै’ बोलको गीत हिजो मात्रै बजारमा आएको छ ।

गीतमा शिव हमालले शब्द तथा संगीत भरेका छन् भने, एरेञ्ज र मिक्सिङ आशिष अविरलले गरेका हुन । नवराज उप्रेतीको छायाँकन रहेको सो गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

साे गीतको भिडियोमा सागर लम्साल (बले), रियाशा दाहाल, चक्र बम र गीता ढुंगानाको नृत्य रहेको छ । कन्सेप्ट तथा निर्देशन गम्भिर विष्टको रहेको छ ।
भिडियो हेर्नुस्

प्रतिक्रिया