बाबुराम भट्टराईलाई सूर्य थापाले दिए ‘गाली शिरोमणि’को संज्ञा

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले देशको प्रधानमन्त्री भैसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर प्रश्न गरेका छन् ।

थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत् ‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी ! भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ? भन्ने प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’

उनले विगत तीन बर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महासयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु ? भन्दै भट्टराईलाई जवाफ फर्काएका छन् ।

भट्टराईले के लेखेका थिए ?
डा. भट्टराईले खतिवडा विदाई हुँदै गर्दा आँसु चुहाउने ठाउँ नभएको भन्दै ट्वीट गरेका थिए ।

‘डा. खतिवडाको विदाईमा आँसु चुहाउने ठाउँ छैन । २/३ निकट बहुमतको आडमा अर्थतन्त्रलाई गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए । विज्ञको रूपमा पाएको शंकाको लाभ पूरै खेर फाले । ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने सम्भावना पनि छैन ! न रुनु न हाँस्नु !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =