उद्योगपति विनोद चौधरी भए कोरोनामुक्त

काठमाडौं – उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन । १२ भदौमा कोरोना संक्रमण पुष्टि भएका चौधरी १० दिनसम्म होम आइसोलेसनमै बसेर निको भएका हुन् ।

सांसदसमेत रहेका चौधरीले शनिबार चौधरीले सामाजिक सञ्जालमार्फत् एक सूचना पोस्ट गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको बताएका हुन् ।

उनले आफू १० दिन लामो एकान्तवासपछि कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन् ।

https://www.facebook.com/Mr.BinodChaudhary/photos/a.211063282370399/2221155624694478/?type=3

उनलाई गत १२ गते कोरोना पोजेटिभ देखिएको थियो। नेपाली कांग्रेसका सांसद चौधरी नेपालका एकमात्र डलर अर्बपति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 9 =