उद्योगपति विनोद चौधरीलाई कोरोना पुष्टि

काठमाडौं । उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोको जानकारी चौधरी आफैँले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत् दिएका हुन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले अनुरोध गरेका छन् ।

‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ, भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन, यद्यपि, मैले चिकित्सकहरुको सल्लाह अनुसार म सेल्फ आइसोलेटमा छु । मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’ भनेर लेखेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =