दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर
२०८३ असार २ गते

दोधारा चाँदनी । सामुदायीक विद्यालयमा अध्ययनरत सात वटा विद्यालयका एक हजार ८०९ विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका विद्यार्थीलाई लक्षित गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरले नाक, कान, घाँटी, दात र आँखा विशेषज्ञ स्वास्थ्य निःशुल्क शिविर सञ्चालन गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक सिद्धराज भट्टले विद्यालयमै पुगी विशेषज्ञ चिकित्सकद्वारा नाक, कान तथा घाँटीसम्बन्धी रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण र उपचार गरिएको जानकारी दिए ।
शिविरमा आखाँको १५५ नाक, कान र घाँटीको ४३७ र दातको १४९ जनाको समस्या पहिचान गरि निःशुल्क उपचार गरिएको छ ।
२०८३ असार २ गते
प्रतिक्रिया
सम्बन्धित









