विप्लव नेतृत्वको नेकपाका नेता शर्मा अस्पतालबाटै पक्राउ

चितवन । विप्लव नेतृत्वको नेकपा माओवादीका नेता अनिल शर्मा बिरहीलाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ ।

लामो समयदेखि भरतपुर अस्पतालमा उपचाररत शर्मालाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले धनुषामा उनीविरुद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाको पत्रको आधारमा उनलाई अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिइएको थापाले बताए ।

जिल्ला प्रहरी कार्यालयको भ्यानमा राखेर उनलाई प्रहरी कार्यालय पुरयाईएको छ । हेडक्वारटरसँग समन्वय भइरहेको जानकारी दिँदै प्रबक्ता थापाले शर्मालाई धनुुषा पठाइने जानकारी दिए ।

शर्मालाई चितवन प्रहरीले गत बैशाख २३ गते पनि अस्पतालबाटै पक्राउ गरेको थियो । जिल्ला अदालतले रिहा गर्न आदेश दिएपछि उनी पुनः भरतपुर अस्पतालमा उपचार गराइरहेका थिए ।

उपचारका क्रममा पनि हतियारसहितका प्रहरीले निगरानी गरिरहेको भन्दै आलोचना भएको थियो ।

उक्त पार्टीका पोलिव्युरो सदस्य तथा प्रकाशन विभागका प्रमुख रहेका नेता शर्मालाई प्रहरीले नियन्त्रणमा लिएर राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो ।

जिल्ला अदालत चितवनले जेठ २८ गते उनलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । विरहीले धनुुषा जिल्लामा भएको एक घटनामा आफूलार्ई विपक्षी बनाएर निगरानी गरिरहेको बताउँदै आएका थिए ।

यसअघि रत्ननगर नगरपालिका–५ स्थित घरमा लडेपछि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका उनलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो । अदालतको आदेशपछि भने उनलाई सरकारी अस्पतालमा राखिएको थियो । उनी मधुमेहका बिरामी पनि हुन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =