मन्त्रिमण्डल पुनर्गठन नहुनेतर्फ प्रधानमन्त्रीको संकेत, भने–‘पुनर्गठन हुन्न, ढुक्कले काम गरौं’
२०७७ भदौ १९ गते

|प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन नहुनेतर्फ संकेत गरेका छन् ।
शुक्रबार (आज) बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताउँदै यस्तो संकेत गरेका हुन् ।
यस्तै उनले मन्त्रीहरुलाई ढुक्कले काम गर्नसमेत भनेका छन् । “हल्लाको पछि नलाग्नुस्, पुनगर्ठन हुँदैन । ढुक्कले काम गर्नुस् । उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरे पनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनायो ।
चुलिएको नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले प्रतिवदेन बुझाएसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बहस चलेको थियो ।
२०७७ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








