अर्थमन्त्री खतिवडाद्वारा राजीनामाको घोषणा

काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।

शुक्रबार (आज) बसेको मन्त्रिपरिषद् बैठकमा उनले आजै साँझ राजीनामा दिने घोषणा गरेका हुन् ।

नेकपा सचिवालको बिहीबार (हिजो)को बैठकले राष्ट्रिय सभामा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभाको एक रिक्त पदमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो बन्द भएको हो ।

त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − two =