ट्रक र बोलेरो ठोक्किँदा एक जनाको मृत्यु
२०७७ भदौ १७ गते

चितवन । चितवनको गाइघाटमा ट्रक र बोलेरो एकआपसमा ठक्कर खाइ भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ गाईघाटमा ट्रक र बोलेरो एकआपसमा ठक्कर खाँदा बोलेरो चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा ११ च ७६७७ नम्बरको बोलेरो र बिपरित दिशाबाट आउदै गरेको ग २ ख ४३११ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा परि गम्भिर घाइते भएका बोलेरो चालक धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर २ निवासी बर्ष ३० को शंकर सेढाईको उपचारको क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुवै सवारी साधन र ट्रकचालक प्रहरीको नियन्त्रणमा रहेको छ ।
२०७७ भदौ १७ गते
प्रतिक्रिया








