कोरोना संक्रमणबाट चितवनमा ५२ वर्षीय पुरुषको मृत्यु

  • ध्रुवराज खनाल

चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर ११ का ५२ वर्षीय पुरुषको आइतबार मध्यान्हमा मृत्यु भएको हो । उच्च ज्वरो र निमोनिया भइ ती पुरुष मेडिकल कलेजमा भदौ ४ गते भर्ना भएका थिए ।

उनीमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *