नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६ सुरु (तस्बिरहरू)
वैशाख १९ सम्म एक्स्पोमा ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ
२०८३ वैशाख १७ गते

काठमाडौँ। भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा बिहीबार (वैशाख १७) देखि ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु भएको छ।
नवौँ संस्करणको यो एक्स्पोमा स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रलाई लक्षित गरिएको छ।
प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न देशका ४७५ भन्दा बढी प्रदर्शक सहभागी भएका छन् भने ८०० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्ड र १,००० भन्दा बढी उत्पादन तथा सेवाहरू एकै स्थानमा प्रदर्शन गरिएको छ। एक्स्पोमा स्वास्थ्य सेवा र प्रयोगशाला विज्ञानका नवीनतम प्रविधि, उपकरण तथा समाधानहरूलाई नजिकबाट अवलोकन गर्न पाइनेछ।
वैशाख १९ सम्म एक्स्पोमा ४७५ भन्दा बढी प्रदर्शक सहभागी हुने अपेक्षा गरिएको छ।
तस्बिरहरू:-

२०८३ वैशाख १७ गते
प्रतिक्रिया
सम्बन्धित








