डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एटलान्टिक महासागरको क्रुज जहाजमा हान्टाभाइरस सङ्क्रमणको दोस्रो सङ्मण पुष्टि गरेको क्रूज जहाज अपरेटर ओसनवाइड एक्सपिडिशनले विज्ञप्ति मार्फत जनाएको छ ।

महिला यात्रीमा पछिल्लो सङ्क्रमण पुष्टि भएको जनाउँदै उनले सङ्कमित महिलाको अप्रिल– २७ मा मृत्यु भई सकेको उल्लेख गरेका हुन् ।

एक दम्पती र एक जना जर्मन नागरिकका साथै दुई चालक दलका सदस्य बिरामी परे पछि सङ्मणको आशङ्कामा उनीहरू सहित करिब १५० जना यात्रुहरू जहाजमै रहेको जनाइएको छ । हालै पुष्टि भएको हान्टाभाइरस सङ्क्रमीत यात्री बेलायती नागरिक रहेको र हाल जहाजबाट निकाली दक्षिण अफ्रिकाको जोहानेसबर्गमा स्वास्थ्य उपचार भइरहेको जनाइएको छ ।

जहाजमा रहेका दुई जना चालक दलका सदस्यहरूमा तीव्र श्वासप्रश्वास लगायतका लक्षणहरू देखा परेकाले दुवैलाई तत्काल चिकित्सा सेवा आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ । हाल सङ्क्रणको लक्षण भएका अन्य व्यक्तिहरू पहिचानका लागि स्वास्थ्य परीक्षण गरिरहेको बताइएको छ ।

हान्ता भाइरसहरू एउटा भाइरसहरूको समूह हो जसले मानिसहरूमा गम्भीर रोग निम्त्याउन सक्ने विश्व स्वास्थ्य सङठनले जनाएको छ । सङ्क्रमण सामान्यतया सङ्क्रमितहरूको पिसाब, तथा थुकको सम्पर्कबाट एक मानव–देखि अर्को मानवमा सर्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =