पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए

एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा सुरक्षा फौजले सञ्चालन गरेको विशेष कारबाहीमा २४ जना लडाकु मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार शाखा ‘इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स’ (आईएसपीआर) ले शुक्रवार जारी गरेको विज्ञप्तिअनुसार विगत २४ घण्टामा भएका विभिन्न गुप्तचरीमा आधारित अपरेसनका क्रममा ती लडाकुहरू मारिएका हुन् ।

प्रतिवन्धित संगठन ‘तहरीक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) ले पछिल्लो समय प्रहरी कर्मचारीहरूलाई लक्षित गरी आक्रमण तिब्र पारेपछि सुरक्षा फौजले उक्त क्षेत्रमा व्यापक खोजी तथा कारबाही अभियान शुरु गरेको हो ।

सेनाकाअनुसार मारिएका लडाकुहरू सुरक्षाकर्मी र सर्वसाधारणको ज्यान जाने गरी भएका विभिन्न आतंकवादी गतिविधि र आक्रमणहरूमा संलग्न रहँदै आएका थिए ।

कारबाहीका क्रममा सुरक्षा फौजले ठूलो परिमाणमा हतियार तथा विष्फोटक पदार्थ समेत बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

आईएसपीआरले उक्त क्षेत्रमा बाँकी रहेका लडाकुहरूलाई निमिट्यान्न पार्न र हालैका आक्रमणका दोषीहरूलाई न्यायको कठघरामा ल्याउन सुरक्षा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =