चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार

एजेन्सी । चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङकिङ नगरपालिकामा गएको पहिरोमा परी पुरिएका सात जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीय अधिकारीहरूले शुक्रवार यस घटनाको पुष्टि गरेका हुन् । पेङशुई मियाओ र तुजिया स्वायत्त काउन्टीस्थित वुजियाङ नदीको तटीय क्षेत्रमा शुक्रवार बिहान करिब ९ बजे पहिरो खसेको थियो ।

पहिरोले सो क्षेत्रका केही घरहरू पुरेको बताइएको छ, यद्यपि क्षतिग्रस्त भएका घरहरूको यकिन संख्या भने अझै खुल्न सकेको छैन ।

अधिकारीहरूका अनुसार पहिरो प्रभावित क्षेत्रमा तत्कालै उद्धार टोली परिचालन गरिएको थियो ।

उद्धार गरिएका सातै जनालाई सुरक्षित स्थानमा पुर्‍याइएको छ । घटनाको विस्तृत विवरण र थप क्षतिको आकलन गर्ने कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =