स्याङ्जामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा२झ ४०११ नम्बरको एम्बुलेन्स आज (आइतबार) बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे हाे ।

दुर्घटनामा ज्यान गुमाउनेमा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनी रहेका छन् । उनीहरुको वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ ।

त्यस्तै दुर्घटनामा परी घाइते हुनेहरूमा चापाकोट-९ कै ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी रहेका छन् । उनीहरूकाे उपचार चलिरहेकाे छ । दुर्घटनाको कारण खुलेकाे छैन ।

अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *