भक्तपुरकी एक महिलासहित थप १२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । भक्तपुरकी एक महिलासहित ४ जना महिला र ८ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरे ।

प्रवक्ता डा. गौतमका अनुसार मोरङका ५६ र ६५ वर्षीय महिला, भक्तपुरकी ६४ वर्षीय र मकवानपुरकी ७१ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनको ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको डा. गौतमले जानकारी दिए ।

योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *