चितवनमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा शुक्रबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोर्खा आबुंखैरहनी १३ का ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भरतपुर अस्पतालको आइसियुमा उपचाररत आंबुखैरहनिका ती पुरुषको दिउँसो २:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा भदौ १० गते कोरोना पुष्टि भएको थियो ।

शुक्रबार पुस्पान्जली अस्पतालमा उपचारत भरतपुर २ का ५१ वर्षीय पुरुष र चितवन मेडिकल कलेजमा उपचारत हेटौंडाकि महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *