अभिनेत्री अदितीद्वारा अभिनित पञ्जाबी गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौं । ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक भएको छ । ‘रुसिया लग्दानी’ बोलको उक्त गीतमा पञ्जावी गायक राहुल लखनपालको स्वर रहेको छ ।

सो गीतमा अदितीले गायक राहुलसँग रोमान्स गरेको देख्न सकिन्छ । ३ मिनेट २८ सेकेण्डको उक्त म्युजिक भिडियोमा राहुलको आदितीप्रति प्रेम, आशक्ति तथा समर्पण प्रस्तुत गरिएको छ ।

वर्षौंदेखि भारतमा बस्दै आएकी अभिनेत्री अदिती गएको पाँच महिनायता भने नेपालमा छिन् । यो गीतले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउने विश्वास अदितीले गरेकी छिन् ।

सो गीतको कमेन्टमा उनको सुन्दरताको खुबै प्रसंसा भएको छ । निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्नका लागि उनी लकडाउन हुनुभन्दा अगाडि नेपाल आएकी थिइन् ।

त्यसको केही दिनमा देशभरि लकडाउन भएपछि फिल्म फ्लोरमा जान सकेन । अब उनी यो फिल्मको छायांकन भ्याएपछि मुम्बई फर्किने जानकारी प्राप्त छ ।

भिडियोः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *