जन्मदिनमा दीपाश्रीले मागिन् ७ मिनेट, भनिन्- ‘सिनियर कलाकारको टिप्पणी गर्नु मेराे ठूलो भूल हो’

काठमाडौं । नायिका दीपाश्री निरौलाले फेरि दर्शकसँग माफी मागेकी छिन् । आफ्नो जन्मदिनको अवसरमा आज फेसबुक भिडियोमार्फत उनले दर्शकहरुसँग ७ मिनेटको समय माग्दै हात जोडेर माफी मागेकी हुुन् ।

एक अन्तवार्तामा महानायक राजेश हमालबारे टिप्पणी गरेपछि आलोचना खेपेरहेकी दीपाश्रीले आफूले तीनवटा गल्ती गरेको बताइन् । ‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो । दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ,’ उनले भनिन्- ‘तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ र कूटनीतिक चलाखी देखाउन नसक्नु मेरो ठूलो भूल हो ।’

आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको र हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ । तर महानायक विवाद अगाडि पनि आफूहरुलाई गाली आएको दीपाले बताइन् ।

सफलतासँगै गाली आफूहरुको भाग्यमा जोडिएर आएको पनि उनले उल्लेख गरेकी छिन् । उनले अन्त्यमा भनेकी छिन् ‘मेरो अभिवयक्तिले यहाँहरुको मन दुखेको छ, प्लिज आफ्नै दिदी बहिनी संझिएर माफी दिनुहोला ।’

https://www.facebook.com/deepashree.niraula/videos/3412083022189470/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *