कोरोना संक्रमणबाट सुनसरीकी एक महिलाको मृत्यु

काठमाडौं । वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् थप एक जना काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे मृत्यु भएकाे छ । आज (बुधबार) बिहान ११:१५ मा सुनसरीकी ७१ वर्षीय वृद्धाको मृत्यु भएकाे वीपीका प्रवक्ता डा. निदेश सापकाेटाले जानकारी दिए ।

प्रवक्ता सापकाेटाका अनुसार ती महिलाकाे एन्फा क्वारेन्टिनमा परीक्षणका लागि साउन २३ गते स्वाब लिइएकाे थियाे । उनीमा खाेकी लाग्ने, श्वास फेर्नमा समस्या र ज्वराे आएपछि साउन २४ गते बिहान भर्ना गरिएकाे थियाे ।

उनकाे साउन ५ गते बिहान मृत्यु भएकाे हाे । मृतककाे स्वास्थ्य मापदण्ड अनुसार नै शव व्यवस्थापन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *