राष्ट्रिय झण्डा जलाउने गायकसहित ९ जना पक्राउ

काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गायकसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि ‘देशद्रोही’ गीत युट्युबमा सार्वजनिक भएकाे थियाे । गीत सार्वजनिक भएलगत्तै झण्डा जलाइएकाे भिडियाेकाे दृश्यकाे चाैतर्फी रूपमा विराेध भएकाे थियाे । गीत सार्वजनिक भएकाे भाेलिपल्ट प्रहरीले भिडियाेमा संलग्न ३ व्यक्तिहरूलाई नियन्त्रणमा लिएकाे थियाे । आज गायकसहित थप ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना वा दुवै कारवाही हुन सक्ने व्यवस्था रहेको छ । गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 13 =