विश्व पीडाले जलेको बेला…

काठमाडौं । अग्रज रचनाकार लक्ष्मी श्रेष्ठ ‘विश्व पीडाले’ नामक म्युजिक भिडियो उपहार लिएर फेरि दर्शक, श्रोता माझ आइपुगेकी छन् ।

कोरोना कहरलाई उँधिनेर लेखिएको गीतमा काठमाडौ, न्युयोर्क, सिड्नी, लण्डन, सिउललगायत विश्वका प्रमुख शहरको छायाँकन छ ।

जगदिश समालको स्वर रहेको उक्त म्युजिक भिडियोमा अभय ढुंगेलले संगीत दिएका छन् । काठमाडौ सुन्दरीजलकी श्रष्टा लक्ष्मीले जन प्रशासनमा स्नातकोत्तर गरेकी छन् ।

लक्ष्मीले यस अघि ‘ढुकढुकीमा सुन्दरीजल’ (कविता संग्रह) प्रकाशन गरिसकेकी छन् भने ‘तिम्रो सम्झनामा’ (कविता संग्रह) प्रकाशोन्मुख छ । उनका फेरि आज एकान्तमा तिम्रो याद आयो, फूल हैन मेरो माया, विश्व पीडाले जलेको बेला चर्चामा रहेका गीतहरु हुन् ।

हाल अमेरिकानो न्युयोर्क निवासी श्रेष्ठ अन्तर्राष्ट्रिय साहित्य समाज न्युयोर्क च्याप्टरको पूर्वसचिव साथै न्युयोर्क नेवा गुठीको पूर्व सह–कोषाध्यक्ष पनि हुन् ।

भिडियो हेर्नुस्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *