मिलन र रितुको ‘तिमी बिना’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । युवा गायक रुबेन अवालेको आवाजमा रहेको ‘तिमी बिना’ बोलको गीत सार्वजनिक भएको छ । सो गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक भएको हो ।
कुसुम मिडिया क्रियशनको प्रस्तुतिमा रहेको उक्त गीतलाई रोशिकले निर्देशन गरेका हुन्, भने गीतमा प्रेम बियोगलाई भिडियोको कथा मार्फत देखाउन खोजिएको छ ।

मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउँन खोजिएको छ ।

उक्त गीतमा युवा पुस्तामा हुने गरेका प्रेम बिलाप पछिको पिडालाई गायक रुबेनले लेख्ने प्रयास गरेका छन्, भने गीतको संगीत संयोजन पनि अवा स्वयमले नै गरेका हुन् । सङ्गीत सोल साउण्ड र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गरेका छन् ।
 भिडियो:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *