पल र उषाको ‘माया गरौंला’ सार्वजनिक(भिडियोसहित)
२०७७ साउन २३ गते

काठमाडौं । गायक सरोज ओली र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ ।
गीतको शब्द दिनेश थपलियाको र संगीत आचार्य कृष्ण भारद्धाजको रहेको छ । चक्लेटी नायक पल शाह र मोडल उषा उप्रेतीले सो गीतमा मोडलिङ गरेका छन, भने गीतको भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय पनि देख्न सकिन्छ ।
भिडियो छायांकनमा निकै मिहिनेत गरिएको देखिन्छ । गायक सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन रहेको छ भने ,अमन मानन्धरको सम्पादन रहेको छ ।
भिडियो यहाँ हेर्न सकिन्छ:
२०७७ साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








