उपत्यकाका यी स्थानमा शुक्रवार दिनभर बत्ती जाने

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुक्रवार बिहान १० बजे देखि साँझ ५ बजेसम्म बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्रका विभिन्न स्थानमा नयाँ फिडर तान्नुपर्ने भएकाले भोलि शुक्रवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन सटडाउन गरिने विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

पुल्चोक वितरण केन्द्रको टेकु रिंगरोड फिडरबाट वितरित ११ के भी लाइनमा नयाँ फिडर तान्ने कार्य गर्नुपर्ने भएकोले २४ गते बिहान १० बजेबाट साँझ ५ बजेसम्म सट डाउन गरिने भएको हो ।

प्राधिकरणका अनुसार बागडोल एरिया आसपास, सनराइज टावर अफलोडल, सानेपा रिग‌रोड बाहिर, खाद्य गोदाम आसपास , चाइनिज क्याम्प एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरूमा विद्युत् अवरोध हुने छ । निर्धारित समय अगावै कार्य सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 16 =