पुनः जोरबिजोर प्रणाली लागू गर्ने निर्णयमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएपछि सरकार पुनः जोरविजार प्रणाली अनुसार सवारी साधन सञ्चालन गर्ने निर्णयमा पुगेको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले यातायातका साधनमा जोरविजार प्रणाली लागू गर्ने निर्णय गरेको गृहमन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमण समुदायसम्म फैलिइसकेको कारण सरकारले रोकथाम तथा नियन्त्रणका लागि यातायातका साधनमा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको बताइएको छ । उक्त निर्णय बिहीबारदेखि लागू हुने मन्त्रालय स्रोतले बताएको छ ।

मंगलबार प्रधानमन्त्रीले विज्ञहरुसँग गरेको छलफलमा १५ दिन कडाखालको लकडाउन गर्न सुझावसमेत आएको थियो ।

यसअघि गत जेठ २८ गते बसेको मन्त्रिपरिषद्को एक जिल्लाभित्र मात्रै चल्न पाउने गरी निजी सवारीसाधन जोर–बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसको झण्डै एक महिनापछि सरकारले असार अन्तिम साता छोटो दुरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको थियो । साउन ८ गतेदेखि यातायातका साधन सञ्चालनमा आएका थिए । तर लामो दूरीका सवारीसाधन अझै सञ्चालनमा आइसकेको छैनन् ।

सरकारले साउन ९ गतेमध्यरातदेखि लागू हुनेगरी लकडाउन हटाउने निर्णय गरेको थियो । लकडाउन खुलेपनिपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र भने सञ्चालनमा आइसकेका छैनन् ।

विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको छ भने सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र ट्रेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरिसकेको छ । सेमिनार र भेला गर्न भने दिइएको छैन । यस्तै भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय भएको छ ।

लकडाउनका कारण गत चैत ११ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक यातायात बन्द भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *