आज साउन २१ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन २१ गते । बुधबार । ईश्वी सन् २०२० अगष्ट ०५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया,४० घडी १४ पला,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त तृतीया । नक्षत्र– धनिष्ठा,१० घडी ०२ पला,बिहान ०९ बजेर ३० मिनेट उप्रान्त शतभिषा । योग–सौभाग्य,०१ घडी ५६ पला,बिहान ०६ बजेर १६ मिनेट उप्रान्त शोभन । करण– तैतिल,बिहान ०९ बजेर ०९ मिनेट उप्रान्त गर,बेलुकी ०९ बजेर ३५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०५ बजेर २९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १६ पला । पञ्चक। रोपाइँजात्रा। दथुसाय यलमतया।

आजको बार बेला ।
बिहान ५ बजेर ३० मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ३१ मिनेटदेखी बिहान ७ बजेर ०९ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर १० मिनेटदेखी बिहान ८ बजेर ४९ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५० मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०९ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर १० मिनेटदेखी दिउसो १ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ५० मिनेटदेखी दिउसो ३ बजेर २९ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ३० मिनेटदेखी साझ ५ बजेर ०८ मिनेटसम्म लाभ बेला ।
साझ ५ बजेर ०९ मिनेटदेखी बेलुकी ८ बजेर ०८ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पार्नुहोला ।

राहुकाल
मध्यान्न १२ बजेर ०८ मिनेटदेखी दिउसो १ बजेर ४८ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानिका नयाँ–नयाँ बाटाहरु पहिल्याउँदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खाद्यान्न तथा औषधिजन्य सामानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानि हुनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ भने तपाईबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथिभाई तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । तरपनि सरसफाई तथा बाहिरी वाताबरणको ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल नआउने हुनाले मन खिन्न हुनेछ । चेलि माईती बीचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय सस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आर्थिक तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात लाग्नेछ । बिभिन्न भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । तरपनि सरसफाईमा ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गरि धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्न पाउदा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । सन्तान तथा अनुयायीको माध्यामबाट काम बन्नेछ भने बंश वृद्धिको योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र,औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिर वाताबरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धाको दौडमा विजयी प्राप्त हुनेछ भने नाम तथा दाम दुवै कमाउन सकिनेछ । कला कृतिसँग सम्बन्धीत पेशा व्यावसायमा समय खर्च गर्नेहरुका लागी समयले साथ दिनेछ । आयस्रोत सबल हुने तथा जीवन शैलीमा उल्लेख्य सुधार हुनेछ । भौतिक स्रोत साधन जुटाउदै नयाँ काम शुभारम्भ गर्न सकिनेछ । असल मित्र,शुभचिन्तक तथा जीवन साथीको सहयोगले राम्रा तथा उत्पादनमुखि काम गर्र्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागि भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक काम समयमा सम्पन्न गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमि हुनेछ । आफन्त तथा साथिभाईहरुसँग रुपैया पैसाको कारोबार आजको दिन नगर्नुहोला । खुट्टा तान्ने तथा फसाउनेहरु देखि सजक रहनुहोला । पढाई लेखाईमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा आम्दानिमा कमि हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छ खानपानमा ध्यान दिनुहोला । समयमा काम नबन्ने तथा शरिरका आलश्यता तथा अल्छिपना बढेर जानेछ । प्रेममा धोका हुन सक्छ । व्यापार व्यावसायमा लगानी बढाउने समय रहेको छैन । तरपनि बिदेशमा उत्पादन भएका सामानको व्यापार फस्टाएर जानेछ । भाषा अनुवादक तथा विदेशी सफ्टवेयर प्रयोग कर्ताको लागी समयले साथ दिनेछ । तपाईँको दिन शुभ रहोस् ।

-ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *