सप्तरीमा एक साताका लागि निषेधाज्ञा
मकालु खबर
२०७७ साउन १९ गते
सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक साताका लागि निषेधाज्ञा जारी गरेको छन् ।
कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएका कारण यसको रोकथाम तथा नियन्त्रणका लागि मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
निषेधाज्ञा आगामी साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ । निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई कानुनी कारबाही हुनेछ ।
हालसम्म सप्तरीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या कूल ५ सय ३१ जना पुगेको छ । कोरोनाका कारण एकजनाको मृत्यु भइसकेको छ ।
मकालु खबर
२०७७ साउन १९ गते
प्रतिक्रिया
सम्बन्धित