बब्लु र मेलीनाको ‘मुसुक्क हाँस’ गीत बजारमा (भिडियोसहित)

काठमाडौँ । चर्चित गायिका मेलीना राई र गायक देवेन्द्र बब्लुको आवाजमा सजिएको ‘मुसुक्क हाँस’ बोलको गीत बजारमा आएको छ ।

पछिल्लो समय आफ्नो अभिनय तथा गायिकीले दर्शक स्रोताको मन जित्दै आएका कलाकार एवम् गायक हुन देवेन्द्र बब्लु । सधैँ अरू भन्दा केही फरक गर्न रुचाउने बब्लुले यस पटक पनि दर्शक स्रोताको लागि फरक कोसेली बजारमा सार्वजनिक गरेका छन् ।

बब्लुको शब्द सङ्गीतमा तयार भएको सो गीतमा स्यामस्वयत रसाइलीको एरेञ्ज रहेको छ । उक्त गीतमा बब्लु र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ ।
अनिल के मानन्धरको छायाङ्कन प्रबिन भट्टको सम्पादन र बब्लुकै निर्देशन रहेको सो गीत बब्लुकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा आएको छ ।

भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *