कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि
२०७७ असार २२ गते

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शनिवारबाट शुरु बैठक आज पनि बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकामा छलफल गरिरहेको छ । केन्द्रीय कार्यसमितिको बैठक दिउसो २ बजे पुनः बस्ने कांग्रेसले जनाएको छ ।
आइतबारको बैठकमा बैठकमा नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु, डा. रामशरण महत, महेश आचार्य, रमेश रिजाल, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउँद, अर्जुनप्रसाद जोशी, दिपक गिरी, नविन्द्रराज जोशी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, श्यामकुमार घिमिरे र बीरबहादुर बलायरले आफ्नो धारणा राखेका छन् ।
२०७७ असार २२ गते
प्रतिक्रिया
सम्बन्धित








