‘म दृढतापूर्वक भन्न चाहन्छु, पार्टी फुट्दैन, फुटाउन दिइँदैन’

काठमाडाैं । पार्टी भित्र देखिएको आन्तरिक किचलोमा पार्टी कुनैपनि हालतमा फुट्न नदिइने सत्तारुढ नेकपाका नेता जनार्दन शर्माले बताएका छन् । शनिबार बोलाइएको स्थायी कमिटिको बैठक स्थगित भएपछि नेता शर्माले फेसवुकमा सन्देश लेख्दै नेकपालाई कुनै पनि अवस्थामा फुट्न नदिइने बताएका हुन् ।

‘म दृढतापूर्वक भन्न चाहन्छु, पार्टी फुट्दैन। फुटाउन दिइँदैन।’ नेता शर्माले फेसवुकमा लेखेका छन् ।

नेकपा भित्रको विवादलाई सिमित नेताहरूको समस्याको रुपमा मात्र नहेरी यो देश र कम्युनिस्ट आन्दोलनको समस्याको रुपमा देखिएको समेत बताएका छन् ।

‘दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु हुँदैन । पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको छ ।’ शर्माको भनाई छ ।

उनले पार्टीलाई विचार ,बिधि र पद्धतिबाट बिचलित गरी व्यक्तिका आआफ्ना स्वार्थ पुर्तिको हतियार बन्न दिन नहुने समेत बताएका छन्। एकता गर्दा गरिएका सहमति,आम जनता र कार्यकर्ताको सुझावको आधारमा तयार हुने सहमतिको नयाँ प्रस्ताव स्वीकार गरी रुपान्तरण सहित नेतृत्व गर्न नेताहरूलाई उनले आग्रह गरेका छन् ।

‘कार्यकर्ता र जनताको आग्रह अस्विकार गर्ने अधिकार कुनै नेता विशेषलाई प्राप्त छैन भन्ने कुरा स्मरण गराउन चाहन्छु । एकताको एक अभियान्ताको नाताले सबै नेता कार्याकर्तालाई पार्टी एकताको पक्षमा योग्दान गर्न अपिल गर्दछु ।’ उनले भनेका छन् ।

दुई साता देखि नेकपा भित्र शिर्ष नेताहरु विच देखिएको मतान्तरले पार्टी फुटको अवस्थामा पुगेपछि दोस्रो तहका नेताहरु विवाद सुल्झाउन सक्रिय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *