‘छैनौ तिमी’ मा देशनरेश र कल्पनाको जीवन्त अभिनय (भिडियो सहित)

काठमाडौं । सरिता सारु मगर ‘डाँगी’ को वास्तविक जिन्दगीमा आधारित ‘छैनौ तिमी’ गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ । सरिताले आफ्नो छोरा धिरजलाई गुमाएपछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो । गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पीडालाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ ।
एउटी आमालाई थाहा हुन्छ सन्तान गुमाउनुको पीडा । सन्तानको पीडा एउटी आमाले कसरी सहन्छे ? सन्तान वियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन ।
यस गीतमा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ भने सरिता सारु मगरका मनछुने शब्द गीतका रहेका छन् । गीतमा नविन कार्कीको संगीत रहेको छ भने संगीत संयोजन सुमन केसीले गरेका छन्।
म्युजिक भिडियोमा देशनरेश अधिकारी, कल्पना घिमिरे, सौरभ राई, युनिक राईको जीवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।
भिडियो :








