रमेश श्रेष्ठ मेलोडीको “चौबन्दी” सार्वजनिक(भिडियो सहित)

काठमाडौँ । लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गीत “चौबन्दी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्जनौँ चर्चित गीतहरू गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रममा व्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “चौबन्दी” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

वसन्त राईको शब्द तथा गायक रमेश श्रेष्ठको स्वर तथा सङ्गीत रहेको गीतको भिडियोलाइ अन्जु ढकालले छायाङ्कनले गरेका छन् भने विकास खड्काले निर्देशन गरेका छन् । भिडियोमा विकास खड्का तथा अञ्जन तामाङलाई फिचर्ड गरिएको छ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *