शुक्रबार थप ५९३ जनामा कोरोना पुष्टि, काठमाडौंमा ३ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडाैंका ३ जना रहेका छन् ।

आज ५९३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको भनाइ छ । संक्रमितमध्ये २ हजार ६९८ जना उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४८ जना डिस्चार्ज भएका छन् ।

आजसम्म ७१ हजार १२ जना क्वारेन्टाइनमा छन् भने ९ हजार बढीको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार जारी छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *