‘एमसीसी चाँहिदैन, देश बेच्‍न पाइदैन’

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता खारेज गर्न माग गर्दै आज (मंगलबार) माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।

स्वतन्त्र महिलाहरुले एमसीसी सम्झौता खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । मंगलबार पनि विरोध प्रदर्शन भएको छ। एमसीसी देशका लागि राष्ट्रघाती हुने उनीहरुको भनाइ छ ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘एमसीसी चाहिँदैन देश बेच्न पाइदैन’, ‘रिजेक्ट एमसीसी’, ‘नो एमसीसी’, ‘गुठी, धर्म, संस्कृति, रितिरिवाजको संरक्षण गर’, ‘आयो आयो कोरोना, भ्रष्टचार गर्न छोडेन’, लगायत लेखिएका पम्पप्लेटहरु बोकेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबार बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा  बस्ने बैठकमा पनि एमसिसीबारे छलफल हुने बताइएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =