पीसीआर नगरी संक्रमितलाई डिस्चार्ज नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई समेत पीसीआर परीक्षण गरी घर पठाउन आदेश दिएको छ । परीक्षण गरी पूर्ण रुपमा संक्रमण मुक्त भएको सुनिश्चितता भएपछि मात्रै बिरामीलाई अस्पतालबाट डिस्चार्ज गर्न सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु आनन्द मोहन भट्टराई र टंकबहादुर मोक्ताङको इजलाशले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै निर्माण गरेको कोभिड परिक्षण निर्देशिकाको दफा ६ कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले उक्त निर्देशिकाको दफा ६ मा उल्लेखित लक्षण नभएका बिरामीलाई पीसीआर परीक्षण बिनै घर पठाउने निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालयले जेठ २० गते लक्षण नदेखिएका बिरामीको परीक्षण गर्नुनपर्ने निर्देशिका जारी गरेको थियो । सोही निर्देशिकाविरुद्ध न्यायाधीशहरु भट्टराई र मोक्ताङको इजलासले पूर्ण रुपमा निको भएको सुनिश्चिता गरेर मात्रै बिरामीलाई घर पठाउन आदेश दिएको हो ।

स्वास्थ्य उपचारलाई संविधानले मौलिक हक अन्तर्गत राखेकोले सरकारले आफ्ना नागरिकको पूर्ण रुपमा उपचार गर्ने दायित्वबाट भाग्न नमिल्ने आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =