लागूऔषधको कारोबारमा संलग्न ५ जना पक्राउ

चितवन । चितवन प्रहरीले लागुऔषधको कारोबारमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले असार ५ गते भरतपुर महानगरपालिका वडा नं २ बिक्रम मार्गमा ना ४ प ४४३९ नम्बरको बोलेरो चेकजाँच गर्ने क्रममा बोलेरोबाट लागुऔषध फेनरगन २ एमएलको २५५ थान, नुफिन २ एमएलको २५५ थान र डाइजेपाम २ एमएलको २५५ थान फेला पारेको थियो ।
लागूऔषध सहित बोलेरोमा सवार भरतपुर ४ बाह्रघरे बर्ष २१ को अनुज भन्ने भुदत्त परियारलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा लागूऔषधको कारोबारमा अन्य चार जना पनि संलग्न भएको पाइएपछि उनीहरुको खोजतलास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिए ।
कारोबारमा संलग्न अन्यको खोजतलासपछि भरतपुर ३ नगरवन बस्ने बर्ष २२ को अविनाष बोटे, भरतपुर २१ बस्ने बर्ष ३६ को आशिष थापा, बर्ष २२ की कञ्चन उपरकोटी र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका १६ बेल्डिया बस्ने बर्ष १६ की बबिता महतोलाई पक्राउ गरिएको उनले बताए । यस विषयमा चितवन जिल्ला अदालतबाट अनुमती लिई थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।








