२७३ कोरोना संक्रमित भेटिएपछि सम्सी गाउँपालिका सिल

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिका गएराति १२ बजेदेखि सिल गरिएको छ ।

बुधबार सम्सी गाउँपालिकाको विभिन्न क्वारेन्टिनमा रहेका २७३ जनाको कोरोना रिजल्ट पोजेटिभ आएपछि गए राति १२ बजेदेखि आउँदो शनिबार मध्यराति १२ बजेसम्मको लागि सो गाउँपालिका सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो गाउँपालिकामा ७२ घण्टासम्म अत्ति आवश्यक र आकस्मिकबाहेकका सबै थोक निषेध गरिएको जनाएको छ ।

यसैबीच महोत्तरीमा अहिलेसम्म कूल ५०८ जना कोरोना पोजेटिभ भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 7 =