अवरुद्ध नारायणगढ-मुग्लिन सडक १४ घण्टा पछि खुल्यो

चितवन । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक करिब १४ घण्टा पछि सञ्चालनमा आएको छ ।

इच्छाकामना गाउँपालिका ६ स्थिति चार किलोमा बुधवार बिहान सवा चार बजे पहिरो खसेको थियो । खसेको पहिरो साँझ साढे ६ बजे हटाइएको हो ।

अहिले एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । दुईतर्फी सञ्चालन गर्न भने समय लाग्ने छ ।

ठुलो पहिरो खसेको हुँदा पाँच वटा डोजर प्रयोग गरी हटाइँदै छ । बाटो सञ्चालन भएसँगै अलपत्र परेका यात्रु गन्तव्य तर्फ लागेका छन् । चार किलो नारायणगढ मुग्लिन सडकको सबैभन्दा बढी पहिरो जाने स्थान हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *