हेमन्त कान्छाको छुवाछुत बिरुद्दको गीत “थर बदल्नु पर्दैन” सार्वजानिक (भिडियो सहित)

काठमाडौं । विगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा निरन्तर अगाडि बढिरहेका सर्जक तथा गायक हेमन्त कान्छा रसाइलीको जनचेतनामुलक जातिय भेदभाब बिरुद्दको लोक गीत “थर बदल्नु पर्दैन” बजारमा सार्वजानिक भएको छ।

उक्त गीतमा गायिका देबी घर्ति र गायक हेमन्त कान्छा रसाइलीको स्वर रहेको छ भने सपना रसाइलीको शब्द सिर्जना साथै हेमन्त कान्छा रसाइलिको लय रहेको छ।

हेर्नुहोस भिडियो

हेमन्त भन्छन,
केहि समय यता नेपालमा जातीयता बिरुद्दमा आवाज उठिरहेको पाइन्छ । छुवाछुत प्रथा अर्थात् जातीय विभेद सामाजिक कुप्रथा हाम्रो राष्ट्रको एक जटिल समस्याको रूपमा रहेको छ।
यसको समाधानका लागि लामो समय देखि विभिन्न नीतिगत र संरचनात्मक प्रयासहरू हुँदै आएका छन् , तर कार्वान्वयन भने हुन सकेको छैन ।
यो अर्को पिडादायी अवस्था हो । कतिपय व्यक्तिहरू केही सामाजिक चेतना स्तर उठेका, बुझेका भएतापनि मिश्रित सामाजबाट बहिष्कृत हुने डरले सुषुप्त अवस्थामै बस्न रुचाउँछन्। उनीहरू आफू र आफ्नो व्यवहारलाई परिवर्तन गर्ने आँट गर्न सक्दैनन्। जातीय विभेदका लागि यो सबैभन्दा ठुलो चुनौती हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *