डिन सिफारिसका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययनसंस्था (आईओएम) को डिन सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ ।

रिक्त रहेको पदका लागि नयाँ डिन सिफारिस गर्न प्राध्यापक डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा ती सदस्यीय समिति गठन गरिएको हो ।

उक्त समितिमा प्रा.डा. सुवास आचार्य र प्रा. डा. जीवन शेरचन सदस्य छन् ।

समितिले डिनका लागि तीन जनाको नाम सिफारिस गर्नेछन् । समितिले सिफारिस गरेका तीन जनामध्ये एक जनालाई उपकुलपतिले डिनका लागि चयन गर्ने डा. ज्ञवालीले बताए ।

प्रा.डा. जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण अवकाश पाएसँगै बिहीबार देखि डिनको पद रिक्त रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *