लकडाउन खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान बनाउन चेम्बरको सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान बनाउन सुझाव दिएको छ । बिहीबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका जिल्ला अधिकारी र सुरक्षाकर्मीहरुसँगको भेटमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उक्त सुझाव पेस गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले कोरोना भाइरस(कोभिड—१९) बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलायमान गर्नुपर्ने सुझाव पेस गरेको बताएका छन् ।

उनले काठमाडौँका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीहरू समक्ष उक्त सुझाव पेस गरेका छन् ।

उक्त सुझावलाई तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सकारात्मक रूपले लिएको उनले बताए । उनले भने,’उहाँहरूले यी सबै सुझावलाई लिएर नयाँ मोड्यालिटि बनाएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई लकडाउनलाई खुकुलो बनाउने जानकारी दिनु भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *