सन्तनेताको उपाधि इतिहासमा अमिट रहने: गगन थापा
२०८३ साउन ३ गते

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बताएका छन् ।
कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा उनले स्वतन्त्रताका लागि नेता भट्टराईले गरेको योगदानको सम्मानस्वरूप उहाँलाई नेपाली जनताले ‘सन्तनेता’को उपाधि दिएका बताए ।
सभापति थापाले पार्टीको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरिएको जानकारी दिए ।
उनले प्रदेशमा तीनवट ठूला दल मिलेर सरकार गठन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरे ।
२०८३ साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित








