बिहान बिहानै गयो ३.४ रेक्टर स्केलको भूकम्प

काठमाडौं । आज विहानै भूकम्प गएको छ । भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्रविन्दु बनाएर ३.४ रिक्टर स्केलको भूकम्प गएको छ ।

आज गएको भूकम्प नयाँ हैन । यो २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुश भएको थियो ।

यसैगरी आज विहान २ बजेर ४१ मिनेट जाँदा दार्जुलामा भूकम्प गएको छ । उक्त भूकम्प ३ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार उक्त भूकम्प दार्चुलाको उकु भन्ने स्थान आसपास केन्द्रविन्दु भएर गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *