‘मजदुर, किसान र विपन्न वर्गलाई ३ महिनासम्म मासिक ५ हजार दिइयोस’ कार्की

काठमाडौं ।  सरकारको प्राथमिकता मानव संकट, स्वास्थ्य उपचार, राहत तथा अर्थतन्त्रको पुर्नवहाली हुनुपर्नेमा सरकारको नीति तथा कार्यक्रमले समेट्न नसकेको पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

सरकारको निती तथा कार्याक्रम माथी संसदमा छलफल गर्दै नेपाली कांग्रेसका सांसद कार्कीले अहिलेको समस्यालाई बजेटले आत्मसात नगरेको बताए ।

‘अहिलेको यथार्थलाई आत्मसात नगरीकन जुन किसमले नीति तथा कार्यक्रम ल्याइएको छ यसले मुलुकको संकटलाई समेट्न सक्दैन ।’ कार्कीले भने ।

उनले अहिले विश्वनै चरम आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा समस्या भन्दा बाहिर गएर ठूलो आकारको बजेट ल्याउन लागिएको बताए । ‘यथार्थलाई आत्मसाथ गरेको मितब्ययी बजेट ल्याउन, कार्यमुखी, कार्यान्वयनमुखी बजेट ल्याउनका निमित्त आग्रह गर्दछु ।’ उनले भने ।

कार्कीले अहिलेको अवस्थामा मुलुकलाई रोग र भोकले जोगाउनु पर्ने बताए । त्यसका लागि सरकारले काम गुमाएका मजदुरहरु, श्रमिकहरु र समाजको तल्लोपत्रमा रहेका विपन्न किसानहरुलाई मासिक ३ हजारका दरले तीन महिना राह उपलब्ध गराउनु पर्ने बताए । ‘म यहाँ प्रस्ताव गर्न चाहन्छु तिनीहरुलाई मासिक ५ हजारका दरले तीन महिनाको राहत दिन सरकारले निर्णय गरोस ।’ त्यसैगरी अहिलेको परिस्थितिमा सरकारले छिटो सम्पन्न हुने आयोजनाहरुलाई प्राथमिकतामा राख्नुपर्ने कार्कीको भनाई थियो ।

उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालकै भूमी रहेकोले भारतसँग ठोस कूटनीतिक पहल गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्नुपर्ने पनि बताए । ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालकै भूमी हो र नेपालकै रहनुपर्छ । सरकारले के कति काम अगाडी बढाएको छ सम्मानीत संसदलाई जानकारी गराओस् ।’ उनले भने ।

कार्कीले एमसीसीलाई सत्तारुढ दलले आन्तरिक विषय बनाएको भन्दै सरकारले त्यसलाई सदनमा प्रवेश गराएर गहन वहस गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *