धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको माइती र घरको गाउँ सिल गरियो

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको घर र माइती गाउँलाई सिल गरिएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी का अनुसार उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हो ।

ती गाउँका वडाबाट कोही पनि व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न नपाउने भएका छन् ।

धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिला कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी का लागि उनको गाउँ र माइती गाउँ सिल गरिएको बताइएको छ ।

सिन्धुपाल्चोकमा शनिबार बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले सो क्षेत्रका मानिसहरुलाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालनका लागि अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

मृतक महिलाले हालै स्वास्थ्य परीक्षण गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ ।

उनको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *