नेकपाको सचिवालय बैठक सुरु, नीति तथा कार्यक्रममा छलफल हुँदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सरु भएको छ ।

बैठकमा सरकारले आजै संसदमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल हुँदैछ । नीति तथा कार्यक्रममा रहेका विषयबारे जानकारी र छलफलका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

आज अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *