एक थोपा रगत र एक मुठ्ठी श्वास रहुञ्जेल संघर्ष जारी रहन्छ: ऐन महर

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले राष्ट्रियता, संविधान, लोकतन्त्र र सामाजिक न्यायका विषयमा कुनै पनि सम्झौता नहुने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत महरले जनताको आवाजलाई दबाएर कमजोर बनाउन नसकिने उल्लेख गरेका छन् । उनले उक्त आवाज राष्ट्रियता, देश, लोकतन्त्र, न्याय र सत्यको पक्षमा रहेको दाबी गरेका छन् ।

‘यो आवाज राष्ट्रियता, देश र लोकतन्त्रको पक्षमा हो । यो आवाज न्याय र सत्यको पक्षमा हो र यो आवाज जनताको आवाज हो,’ उनले लेखेका छन् ।

उनले उक्त आवाज न परिचालित रहेको र न प्रायोजित नै रहेको दाबी गर्दै लामो संघर्ष र गहिरो इच्छाशक्तिबाट उत्पन्न भएको बताएका छन् । त्यसैले यसलाई दबाउने वा कमजोर बनाउने प्रयास नगर्न उनले आग्रह गरेका छन् ।

‘यो त जति दबाउँछौ त्यति झन् चर्को हुन्छ, हावा भरिएको भकुण्डो जस्तै,’ उनले उल्लेख गरेका छन् ।

महरले राष्ट्रियता, संविधान, लोकतन्त्र, देश, जनता र सामाजिक न्यायका सन्दर्भमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै शरीरमा एक थोपा रगत र एक मुठ्ठी श्वास रहुञ्जेल संघर्ष जारी रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =