उपत्यकाका यी स्थानमा बैशाख २८ र २९ गते दिनभर बत्ती जाने

काठमाडौं । काठमाडौं उत्यकाका विभिन्न स्थानमा बैशाख २८ र २९ गते दिन भर बत्ती जाने भएको छ ।

कलंकी देखी ढुंगेधारा सम्मको चक्रपथ र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्यका लागि बत्ति अफ गर्नुपर्ने भएकाले ती स्थानमा बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकी देखी ढुंगेधारासम्मको चक्रपथ र सितापाइला देखी रामकोटसम्मको सडक विस्तार कार्यको लागि स्वीचाटार स्वयम्भु फिडरबाट वितरीत एच टी लाइनको जम्पर छुटाइ तथा सितापाइला गोल्छा चोक सँगैको सेक्सनलाइजर स्विच काटी कार्य गर्नुपर्ने भएकोले २९ गते विहान ९ बजेदेखि साँझ ५ बजेसम्म सट डाउन हुने प्राधिकरणले जनाएको छ ।

उक्त फिडर अन्तर्गत बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलाकत्रा फेक्ट्री, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका क्षेत्रमा लाइन काटिनेछ ।

निर्धारित समय अगावै काम सम्पन्न भएमा सो समय अघि नै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *