कोरोना निको हुनेको संख्या १३ लाख नजिक, मृतक र संक्रमित कति पुगे ?

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका झण्डै १३ लाख मानिस कोरोना निको भएर घर फर्केका छन् ।

पछिल्लो विवरण अनुसार १२ लाख ९९ हजार २ सय ३४ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर २ लाख ६४ हजार ८ सय ११ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ३८ लाख १८ हजार ७ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा  हजार ५२० जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ७४ हजार ७९१ पुगेको छ ।  संक्रमितको संख्या १२ लाख ६२ हजार ६९३ पुगेको छ भने अमेरिकामा संक्रमितमध्ये २ लाख ६ हजार ३८२ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो । त्यहाँ २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा बुधबार ६ सय ४५ जनाले ज्यान गुमाएका छन् भने बेल्जियममा ३२३, इटालीमा ३६९, स्पेनमा २४४, फ्रान्समा २७८, क्यानाडामा १८०, मेक्सिकोमा २३६ जनाले ज्यान गुमाएका छन् ।

छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ सय ८५ पुगेको छ भने संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ । बुधबार एकै दिन भारतमा ३५ सय ८७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *